२९ जेठ २०८३, शुक्रबार

सन्दीप लामिछाने विश्व कीर्तिमानबाट १ विकेट टाढा

सन्दीप लामिछाने विश्व कीर्तिमानबाट १ विकेट टाढा

नेपालका लेग स्पीनर सन्दीप लामिछाने दुर्लभ विश्व कीर्तिमानबाट १ विकेट टाढा छन् । पपुवा न्युगिनीविरुद्ध गत सोमबार ५ विकेट लिएपछि छिटो १ सय विकेट लिनका लागि २ विकेटले टाढा थिए । 

आईसिसी विश्वकप लिग २ मा बिहीबार यूएईविरुद्ध मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेपछि सन्दीप अब छिटो १ सय विकेट लिनबाट १ विकेटले मात्रै टाढा छन् ।

सन्दीपले ३९ खेलबाट विकेटको संख्या ९९ पुर्याएका छन् । 

यस अघि अफगानिस्तानका राशिद ४४ खानले सबैभन्दा छिटो ४४ खेलबाट १ सय विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

राशिदले २०१८ मा वेस्ट इण्डिजविरुद्ध यो रेकर्ड बनाएका थिए ।  तर सन्दीप ३९ खेलमै यो विश्व कीर्तिमान भंगको नजिक पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्