२५ जेठ २०८३, सोमबार

यूट्युबबाट पनि आउन सक्छ मोबाइलमा भाइरस, यसरी बच्नुस्

चैत २, २०७९
यूट्युबबाट पनि आउन सक्छ मोबाइलमा भाइरस, यसरी बच्नुस्

सामाजिक सञ्जाल यूट्युब सर्वाधिक हेरिने यापमध्ये एक हो । 

संसारभरि यूट्युबका लगभग २.५ अर्ब प्रयोगकर्ता छन् । 

यूट्युब भिडियोबाट पनि तपाईंको फोनमा मालवेयर भाइरस आउन सक्छ भन्ने कुरा जान्दा तपाईंलाई आश्चर्य लाग्छ होला । साइबर इन्टेलिजेन्स कम्पनी क्लाउडसेकले यसको जानकारी दिएको हो । 

क्लाउडसेकले नोभेम्बर २०२२ देखि अहिलेसम्मको रिपोर्ट जारी गरेको छ । रिपोर्टमा हरेक महिना मालवेयर भएका यूट्युब भिडियोमा २०० देखि ३०० प्रतिशत वृद्धि भइरहेको उल्लेख गरिएको छ । भिडार, रेडलाइन र राकून नामक मालवेयरहरू यूट्युब भिडियोमा आइरहेका छन् । 

यूट्युबको रिभ्यु प्रोसेसले साइबर अपराधीहरूलाई आफ्नो प्ल्याटफर्ममा धेरै दिन टिक्न दिँदैन । कुनै भिडियोबाट प्रयोगकर्ताहरूलाई समस्या परेको थाहा पाउनेबित्तिकै यूट्युबले भिडियो हटाइदिन्छ । अनि त्यस्तो भिडियो अप्लोड गर्ने च्यानलमाथि उसले प्रतिबन्ध पनि लगाइदिन्छ । 

तर कम्प्युटर वा मोबाइलबाट आवश्यक जानकारी धुत्ने गरी डिजाइन गरेको इन्फोस्टीलर्स मालवेयर यूट्युब भिडियोमा भेटिएको छ । 

यूट्युब भिडियोसँग देखिएको लिंक क्लिक नगर्दा मालवेयरबाट बच्न सकिन्छ । भिडियोको डिस्क्रिप्शनमा त्यस्ता खतरनाक लिंकहरू हुन्छन् । त्यस्ता लिंकबाट कुनै सफ्टवेयरको क्य्राक भर्जन डाउनलोड गर्ने प्रलोभन दिइएको हुन्छ । 

कतिपय मानिस फोटोशप, प्रिमियर प्रो, अटोडेस्क थ्रीडी म्याक्स र अटोक्याड जस्ता सफ्टवेयरको क्य्राक भर्जन डाउनलोड गर्न खोज्छन् । तर त्यसबाट मालवेयर आउने जोखिम रहन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्