२४ जेठ २०८३, आइतबार
नेपाल भर्सेस यूएई

यूएईको विष्फोटक ब्याटिङ, नेपाललाई ३११ रनको विशाल लक्ष्य

यूएईको विष्फोटक ब्याटिङ, नेपाललाई ३११ रनको विशाल लक्ष्य

विष्फोटक ब्याटिङ गरेको यूएईले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत ​नेपालविरुद्ध रनको विशाल लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यस क्रममा यूएईका आसिफ खानले १ शतक प्रहार गरे।

यूएईका आशिफ खानले ४१ बलमै शतक पूरा गरे भने अर्का ब्याटर विर्त्या अरविन्द शतकबाट ४ रनले चुके। अरविन्दले १३७ बलमा ९४ रन बनाए। 

यूएईले ६ विकेटको क्षतिमा नेपाललाई ३११ रनको लक्ष्य दिएको छ। 

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछानेले र ललित राजवंशील र सोमपाल कामीले १/१ विकेट लिए। 

आज सन्दीप लामिछाने निकै महँगो सावित भए। जम्मा १ विकेट लिएका उनले ८० रन दिए। त्यस्तै सोमपाल कामीले ७४ रन खर्चिएर एक विकेट लिए। त्यस्तै गुलसन झाले ६३ रन सुम्पिए। 

salt training

कमेन्ट गर्नुहोस्