२६ जेठ २०८३, मंगलबार

पाकिस्तान : के हो इमरान खानलाई प्रहरीबाट बचाउने गिल्गिट-बाल्टिस्तान सुरक्षाबल ?

चैत २, २०७९
पाकिस्तान : के हो इमरान खानलाई प्रहरीबाट बचाउने गिल्गिट-बाल्टिस्तान सुरक्षाबल ?

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्नका लागि त्यहाँको प्रहरीले कोशिश गरिरहेको छ । 

मंगलवार खानलाई लाहोरस्थित घरमा पक्राउ गर्न पुगेको प्रहरीलाई उनका समर्थकहरूले ढुंगामुढा गरेर अघि बढ्न दिएनन् । बुधवार एडिशनल डिस्ट्रिक्ट यान्ड सेसन्स अदालतले इमरान खान आत्मसमर्पण गर्न आएमा पक्राउ गरिरहनु नपर्ने फैसला दिएपछि प्रहरी खानको घरबाट फर्केको थियो । 

यसैबीच पाकिस्तानकी सूचनामन्त्री मरियम औरंगजेबले प्रहरीबाट बच्नका लागि इमरान खानले गिल्गिट–बाल्टिस्तान प्रहरी बलको उपयोग गरिरहेको आरोप लगाएकी छन् । 

गिल्गिट–बाल्टिस्तान प्रहरीलाई पञ्जाब प्रहरीमाथि आक्रमण गर्न तयार पारिएको औरंगजेबको दाबी छ । त्यसैले तोशाखाना भ्रष्टाचार मुद्दामा खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल भयो । 

इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले शहबाज शरीफ सरकार बनेदेखि खानमाथि ८० भन्दा बढी मुद्दा दर्ता गरिएको दाबी गरेको छ । अहिले इमरानमाथि तोशाखाना मामिला र महिला न्यायाधीशलाई धम्की दिने मामिलामा पक्राउपुर्जी जारी गरिएको छ । 

औरंगजेबले गिल्गिट–बाल्टिस्तान प्रहरीको उपयोग गरिएको आरोप लगाएपछि सरकारले त्यहाँका प्रहरी महानिरीक्षकलाई सरुवा गरेको छ । मुहम्मद सईदलाई हटाएर डार अली खान खट्टकलाई आईजी बनाइएको छ । 

गिल्गिट–बाल्टिस्तान विधानसभामा ३३ सीट छन् । सन् २०२० को नोभेम्बरमा भएको चुनावमा इमरानको पार्टीले २२ सीट जितेको थियोे । खालिद खुर्शीद त्यहाँका मुख्यमन्त्री छन् । 

तोशाखाना मन्त्रिपरिषद्को एक विभाग हो । त्यहाँ अन्य देशका सरकार, राष्ट्रप्रमुख र विदेशी अतिथिबाट प्राप्त उपहार राख्ने गरिन्छ । 

सन् २०१८ मा प्रधानमन्त्री बनेका इमरान खानले पाएको उपहार तोशाखानामा राखेका थिए । 

पछि खानले ती उपहारहरू नाफा खाएर बेचेको आरोप छ । बेच्ने प्रक्रियाका लागि सरकारले उनलाई कानूनी अनुमति दिएको थियो । त्यसै विषयमा अहिले इमरान खान कानूनी झमेलामा फसेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्