×

NMB BANK
NIC ASIA

पाकिस्तान : के हो इमरान खानलाई प्रहरीबाट बचाउने गिल्गिट-बाल्टिस्तान सुरक्षाबल ?

चैत २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्नका लागि त्यहाँको प्रहरीले कोशिश गरिरहेको छ । 

Muktinath Bank

मंगलवार खानलाई लाहोरस्थित घरमा पक्राउ गर्न पुगेको प्रहरीलाई उनका समर्थकहरूले ढुंगामुढा गरेर अघि बढ्न दिएनन् । बुधवार एडिशनल डिस्ट्रिक्ट यान्ड सेसन्स अदालतले इमरान खान आत्मसमर्पण गर्न आएमा पक्राउ गरिरहनु नपर्ने फैसला दिएपछि प्रहरी खानको घरबाट फर्केको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच पाकिस्तानकी सूचनामन्त्री मरियम औरंगजेबले प्रहरीबाट बच्नका लागि इमरान खानले गिल्गिट–बाल्टिस्तान प्रहरी बलको उपयोग गरिरहेको आरोप लगाएकी छन् । 


Advertisment
Nabil box
Kumari

गिल्गिट–बाल्टिस्तान प्रहरीलाई पञ्जाब प्रहरीमाथि आक्रमण गर्न तयार पारिएको औरंगजेबको दाबी छ । त्यसैले तोशाखाना भ्रष्टाचार मुद्दामा खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल भयो । 

Vianet communication
Laxmi Bank

इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले शहबाज शरीफ सरकार बनेदेखि खानमाथि ८० भन्दा बढी मुद्दा दर्ता गरिएको दाबी गरेको छ । अहिले इमरानमाथि तोशाखाना मामिला र महिला न्यायाधीशलाई धम्की दिने मामिलामा पक्राउपुर्जी जारी गरिएको छ । 

औरंगजेबले गिल्गिट–बाल्टिस्तान प्रहरीको उपयोग गरिएको आरोप लगाएपछि सरकारले त्यहाँका प्रहरी महानिरीक्षकलाई सरुवा गरेको छ । मुहम्मद सईदलाई हटाएर डार अली खान खट्टकलाई आईजी बनाइएको छ । 

गिल्गिट–बाल्टिस्तान विधानसभामा ३३ सीट छन् । सन् २०२० को नोभेम्बरमा भएको चुनावमा इमरानको पार्टीले २२ सीट जितेको थियोे । खालिद खुर्शीद त्यहाँका मुख्यमन्त्री छन् । 

तोशाखाना मन्त्रिपरिषद्को एक विभाग हो । त्यहाँ अन्य देशका सरकार, राष्ट्रप्रमुख र विदेशी अतिथिबाट प्राप्त उपहार राख्ने गरिन्छ । 

सन् २०१८ मा प्रधानमन्त्री बनेका इमरान खानले पाएको उपहार तोशाखानामा राखेका थिए । 

पछि खानले ती उपहारहरू नाफा खाएर बेचेको आरोप छ । बेच्ने प्रक्रियाका लागि सरकारले उनलाई कानूनी अनुमति दिएको थियो । त्यसै विषयमा अहिले इमरान खान कानूनी झमेलामा फसेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x