
आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले च्याटबोट च्याटजीपीटीको नयाँ संस्करण जीपीटी–४ सार्वजनिक गरेको छ ।
यो अनेकौं विषयको विज्ञ हो । यसले मेडिकल सल्लाह पनि दिन्छ । यसको सल्लाह देखेर चिकित्सक पनि आश्चर्यमा परेका छन् ।
यस एआई टूलले तस्वीर हेरेर तिनलाई वर्णन गरिदिन सक्छ । यसले गर्ने जोकहरू पनि पहिलेको भन्दा रमाइला छन् ।
भाषा र व्याकरण सहित अनेकौं कुरामा यो पहिलेको भन्दा बढी व्यवस्थित र सटीक बनेको छ ।
यसले पहिलेको भन्दा बढी तथ्यपरक जानकारी दिन्छ । प्रश्नहरूको सिधा र बढी सटीक जवाफ यसले दिन्छ ।
तस्वीरको प्रभावशाली वर्णन गर्न यो सक्षम छ । फ्रिजमा राखिएको तस्वीर हेरेर यसले कस्तो प्रकारको व्यञ्जन तयार पार्न सकिन्छ भनी बताइदिन्छ ।
यसले कुनै रोगीको समस्या र त्यससँग सम्बन्धित मेडिकल शब्दावलिलाई बुझ्छ । उपचारको सही तरिका र औषधिको सल्लाह पनि यसले दिन्छ ।
यसले कुनै पनि लेख पढेर सम्पादन गरिदिन सक्छ । यसले २५ हजार शब्दसम्मको प्रोसेस पनि गरिदिन सक्छ ।
यसको रीजनिङ क्षमता पनि राम्रो बनेको छ । जटिल पजल र क्वि पनि यसले सजिलै हल गर्न सक्छ ।
यसले कैयौं स्टान्डर्ड परीक्षा राम्रो अंक ल्याएर पास गर्न सक्छ । अमेरिकाका कतिपय विद्यालय तथा विश्वविद्यालयका परीक्षामा यसले चमत्कार गरेको छ ।
प्रयोगकर्ताहरूले जीपीटी–४ मा केही समस्या पनि रहेको बताएका छन् । भविष्यको परिकल्पनाका बारेमा यो अझै परिपक्व भएको छैन । सही गलत आफैं पहिचान गर्न नसक्ने भएकाले यसले पूर्ण गलत जानकारी पनि दिइरहेको छ ।