१६ असार २०८३, मंगलबार

अरुणाचल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

चैत २, २०७९
अरुणाचल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाको चीता हेलिकप्टर अरुणाचल प्रदेशको मंडला पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । 

पाइलटहरूको खोजीका लागि सर्च अपरेशन शुरू गरिसकिएको छ । 

हेलिकप्टर सेन्गेबाट मिसामारीतर्फ गइरहेको थियो । त्यसमा पाइलट र कोपाइलट मात्र थिए । 

गुवाहाटीका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले बिहीवार बिहान लगभग ९ः१५ तिर हेलिकप्टरको सम्पर्क एयर ट्राफिक कन्ट्रोलसँग टुटेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्