०९ साउन २०८३, शनिबार

शुक्रबारदेखि टाटा मोटर्स शोरूममा ह्याप्पिनेस विक एण्ड विशेष एक्सचेन्ज क्याम्प

शुक्रबारदेखि टाटा मोटर्स शोरूममा ह्याप्पिनेस विक एण्ड विशेष एक्सचेन्ज क्याम्प

चैत ३, ४, ५ गते काठमाडौंस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा 'ह्याप्पिनेस विक एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुने भएको छ। 

शुक्रबार, शनिबार र आइतबार गरी यस हप्ता विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको र सबै ग्राहकहरूमा आमन्त्रण गरिएको छ।

टाटा मोटर्सको शोरुममा आउनेले उक्त मेनुमा भएका अफरहरूको लाभ उठाउन टाटा मोटर्सले आग्रह गरेको छ। 

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेल का नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने जनाइएको छ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ता राखिएको जनाइएको छ। 

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने जानकारी दिइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्