२६ जेठ २०८३, मंगलबार

कानुनका विद्यार्थीसँग ओलीले भने- न्यायालय डराउनु हुँदैन

कानुनका विद्यार्थीसँग ओलीले भने- न्यायालय डराउनु हुँदैन

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय राजनीतिक वा अन्य कुनै पनि खालको डर, त्रास र प्रलोभनमा पर्न नहुने बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा उनले न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दाबीसमेत गरे। 

न्यायालयले न्याय सम्पादन गर्नुपर्ने र त्यसका लागि न्यायाधीशहरू कुनै पनि प्रकारको आग्रह वा पूर्वाग्रहमाथि रहनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

उनले नयाँ पुस्तालाई कुनै पनि स्वार्थमा नफसी न्याय सम्पादन गर्न आग्रह गरे।

अध्यक्ष ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाका माईला छोरा भएको दाबीसमेत गरे।

नेपालको कानुनको इतिहासमा हरिप्रसाद प्रधानलाई पहिलो प्रधानन्यायाधीश भनेर उल्लेख गरिएको छ । तर त्यो सत्य नभएको ओलीको भनाइ थियो । उनले भारतीय नागरिक प्रधानलाई बीपी कोइरालाले आफ्नो घनिष्टता भएको कारणले नेपालमा ल्याएर प्रधानन्यायाधीश बनाउने असंवैधानिक काम गरेको आरोप लगाए।

अध्यक्ष ओलीले न्याय सम्पादनमा आफू निष्पक्ष हुन नसके सो मुद्दा नहेर्ने नैतिकता न्यायाधीशहरूले देखाउनुपर्ने पटकपटक दोहोर्‍याए। 

salt training

कमेन्ट गर्नुहोस्