
यही शनिबार हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार मोहन निरौलाले प्यानल घोषणा गरेका छन् ।
अध्यक्षकी उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गरेको भोलिपल्ट बिहीवार निरौलाले पनि आफ्नो प्यानल घोषणा गरेका हुन् ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एजेण्डासहित आफ्नो प्यानलबाट उम्मेदवारी रहेका अन्य कलाकारहरूको नाम सार्वजनिक गरेका हुन् ।
निरौलाको प्यानलबाट उपाध्यक्षमा कविता गेलाल र धनबहादुर बम्जन (डीबी) उम्मेदवार छन् । त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी छन् ।
कोषाध्यक्षमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा आचार्य उम्मेदवार छन् । सह–कोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
त्यसैगरी सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्य प्रसाद पाण्डे (प्रेम), पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिल कुमार पुरी, गोपिलाल तामाङ, निर्मल स्याङ्तान (बुद्धिमान) र समीर लामा छन् ।
मोहन निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुन् ।
