
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा प्रस्तुत भइरहेकी छिन ।
बिहीवारमात्रै उनको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘बाँध मायाले’ बोलको गीतको भिडियोमा मिस पबि मोडल विकास चुवानसँग प्रस्तुत छिन् ।
अनु चौधरी र अजित घिमिरेको स्वर रहेको यस प्रेमगीतमा गायक अजितकै शब्द एवं संगीत छ । गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।
सन्तोष राजबहाकको निर्देशन, रामकुमार केसीको छायाँकन रहेको भिडियो दिन्शन शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।