०५ साउन २०८३, मंगलबार

खेलाडी झा र शेखलाई जनही २ लाख दिने मधेस सरकारको घोषणा

खेलाडी झा र शेखलाई जनही २ लाख दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले आज  शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका हुन् । 
उनले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरे । उनले  कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि प्रशंसा गरे । 

मधेश प्रदेश सरकारले  प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आप्mनो खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गरे।

 मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेश प्रदेश सरकारको तर्फबाट जनही दुई/दुई लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्