२४ जेठ २०८३, आइतबार

सत्ता साझेदार १० दलको बैठकः टीआरसी विधेयकमा एकढिक्का हुने

सत्ता साझेदार १० दलको बैठकः टीआरसी विधेयकमा एकढिक्का हुने

बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले भोलि (आइतबार) संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सि सरकारले लिने विश्वासको मतमा एकमत हुने हुने सहमति गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतबार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय- टीआरसीसम्बन्धी विधेयकको पक्षमा एकढिक्का भएर उभिने नर्णय गरेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चैत ६ गते संसदमा विश्वासको मत लिँदैछन्। यस विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ। 

तर सरकार विस्तारबारे भने आजको बैठकमा छलफल नभएको बैठकपछि एक नेताले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्