०१ साउन २०८३, शुक्रबार

मेयर बालेन भन्छन्- राजनीति फुटाउने खेल हो, खेलकुदचाहिँ जोड्ने

मेयर बालेन भन्छन्- राजनीति फुटाउने खेल हो, खेलकुदचाहिँ जोड्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खेल नेपाली खेल क्षेत्रप्रति सम्मान व्यक्त गरेका छन्। 

शहीद स्मारक 'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले यस्तो खेल क्षेत्रले सबैलाई जोड्ने अभिव्यक्ति दिएका हुन्। 

'राजनीति फुटाउने खेल हो, खेलकुदचाहिँ जोड्ने' उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

अब खेल क्षेत्रलाई प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने उनले लेखेका छन्। मेयर शाह आज भएको उक्त कार्यक्रममा उपस्थित भएका थिए। ​

नेपाली क्रिकेट टोली विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै एमडीएसीले आज सम्मान गरेको थियो। 

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्