१२ साउन २०८३, मंगलबार

श्रीलङ्काकाले आईएमएफसँगको सम्झौता अर्को साता संसद्मा पेश गर्ने

चैत ४, २०७९
श्रीलङ्काकाले आईएमएफसँगको सम्झौता अर्को साता संसद्मा पेश गर्ने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौता आगामी साता संसद्मा प्रस्तुत गर्ने भएका छन् । 

अर्थ राज्यमन्त्री रञ्जित स्याम्बालापिटिया शनिबार एक बैठकलाई सम्बोधन गर्दै संसद्मा सम्झौता प्रस्तुत गर्नेबारे जानकारी गराएका हुन् । उनका अनुसार आईएमएफले पनि आफ्नो वेबसाइटमा सम्झौता प्रकाशित गर्नेछ र मार्च २० मा समितिको बैठक बसेर दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहुलियत कर्जा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।

    सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्