
काठमाडौंको अमृत साइन्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने भएको छ ।
स्ववियु चुनावको मुखैमा विद्यार्थी भर्ना गरिएको विषयमा विवाद रहेको र विदेशमा रहेका विद्यार्थीको मताधिकार सुरक्षित हुनुपर्ने माग राखिएपछि चुनाव प्रभावित भएको हो ।
विद्यार्थी संगठनले राखेका माग पूरा गरेर स्ववियु चुनाव कहिले गर्ने भन्ने विषयमा छलफल गर्न यतिबेला विद्यार्थी संगठनको बैठक बसिरहेको छ ।