०९ असार २०८३, मंगलबार

चितवनमा पाटेबाघ मृत फेला

चितवनमा पाटेबाघ मृत फेला
प्रतिकात्मक तस्वीर

चितवन जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ ।

संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिवार दिउँसो बाघ मृत भेटिएको हो ।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी ६ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिवारै शव परीक्षण गरेर बाघको नमूना परीक्षण शुरू गरिएको छ ।
 
बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अंग भेटिएको उनले जानकारी दिए । यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो ।

गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेका अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्