
कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरुले विराटनगरमा आज पनि प्रदर्शन गरेका छन् ।
प्रदेश नंं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदर्शन गरेका हुन्।
कार्यक्रममा गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ थाम्सुहाङलगायत पहिचान पक्षधर नेताहरूको समेत सहभागिता छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्काे आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुश, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रदेश नामकरण विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । तर सरकारले भने असन्तुष्ट पक्षसँग वार्ता तथा कुनै पनि छलफल गर्ने प्रयास गरेको छैन ।