×

NMB BANK
NIC ASIA

क्रिकेटर कुशल मल्ललाई नगदसहित न्यु होराइजन स्कुलको सम्मान

चैत ५, २०७९

NTC
Premier Steels

बुटवलस्थित न्यू होराइजन आवासी अंग्रेजी माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ ।

Muktinath Bank

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, प्रकाश खनाल, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचन लगायतले मल्ललाई सम्मान गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयले मल्ललाई नगद २१ हजार ५०० रुपैयाँ नगदसहित सम्मान गरेको हो ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् । 

Vianet communication

आफ्नो शैक्षिक संस्थाको विद्यार्थी मल्लले हालै काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’ को अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउन योगदान गरेको भन्दै सम्मान गरेको विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीले बताए ।

सो अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरू उत्पादनमा न्यू होराइजनको पनि ठूलो योगदान रहेको बताए ।

न्यू होराइजनबाट कुशलसहित राहुल विक र सुशन भारी सिनियर टीममा तथा जुनियर राष्ट्रिय टिममा सौरभ खनाल, रुपेश बास्तोला, देवेन्द्र सोमरे, प्रकाश केसी, निर्मल थापा, स्विचेन शाह, नुरध्वज सेन र कृष्ण सेनले प्रतिनिधित्व गरिसकेका खेलाडी रहेको प्रशिक्षक गौचनले बताए ।

उक्त अवसरमा शिक्षक प्रकाश गौतमले निरन्तरको मेहनत,अनुशासनले कुशलले क्रिकेटमा सफलता हासिल गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x