
दाङमा गढवा बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले वियजी भएको छ।
अनेरास्ववियूका इबराज यादव सभापति पदमा निर्वाचित भएका हुन्। यादवले ६३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत प्राप्त गरेका छन् ।
सभापति पदमै अखिल क्रान्तिकारी वैद्य निकटका विशाल यादवले चार मत प्राप्त गरे।
कुल १७९ मतदाता रहेको यस क्याम्पसमा जम्मा ११३ मत खसेको थियो । सचिवमा पुष्पा खड्का निर्वाचित भएकी छन् । उनले ७० मत प्राप्त गरिन् ।
अखिल छैठौंकी पुष्पा धितालले ३८ मत ल्याइन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भए।
कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका सुदीप बुढाथोकीले ३१ मत प्राप्त गरे ।