
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रतिनिधिसभा सदस्य पद रिक्त भएकोबारे जानकारी गराएका छन् ।सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै उनले आइतबार पत्रमार्फत यसबारे उल्लेख गरेका छन् ।
पत्रमा संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनीतिक पद स्वत रिक्त भएको जानकारी गराइएको छ । उनले बारा २ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकलाई आजसम्म प्राप्त सहयोगप्रति आभार पनि प्रकट गरेका छन् ।
चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा उनी निर्वाचित भएसँगै उनको स्थानमा सांसद पद रिक्त रहेको हो।
