०३ साउन २०८३, आइतबार

अमेरिकालाई धम्की दिँदै किम जोङले सेनालाई भने – परमाणु युद्धको तयारी गर्नू

चैत ६, २०७९
अमेरिकालाई धम्की दिँदै किम जोङले सेनालाई भने – परमाणु युद्धको तयारी गर्नू
फाइल फोटो

उत्तर कोरियाका शासक किम जोङ उनले परमाणु युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।

उनले अमेरिका र दक्षिण कोरियाविरुद्ध युद्ध गर्नुपर्ने भन्दै तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । यसअघि समेत उनले पटक–पटक परमाणु युद्धको धम्की दिँदै आएका छन् ।

अमेरिका र दक्षिण कोरियाले परमाणु सम्पत्ति र संयुक्त सैन्य अभ्यासलाई विस्तार गरिरहेको आरोप लगाउँदै उनले आफू चुप नबस्ने बताए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यतिबेला उन दक्षिण कोरियाविरुद्ध आक्रामक बनेका छन् ।

छिमेकी देश दक्षिण कोरिया र उत्तर कोरियाको शत्रूतापूर्ण सम्बन्ध रहँदै आएको छ । अमेरिकाले दक्षिण कोरियाको पक्ष लिने गरेका कारण उत्तर कोरिया अमेरिकाविरुद्ध पनि आक्रोशित देखिएको छ ।

उत्तर कोरियाले उनको नेतृत्वमा लगातार परमाणु हतियार परीक्षण गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्