१० असार २०८३, बुधबार

अब वृद्ध र अपांगलाई सडक पार गराउँछ रोबोटले

चैत ६, २०७९
अब वृद्ध र अपांगलाई सडक पार गराउँछ रोबोटले

व्यस्त सडकको जेब्रा क्रसबाट वृद्ध र अपांगहरूलाई पार गर्न सघाउने रोबोट विकसित गरिएको छ । 

चेक गणतन्त्रको दिग्गज कार कम्पनी स्कोडाले पैदलयात्रीहरूको सुरक्षाका लागि रोबोट बनाउन सहकार्य थालेको छ । विभिन्न स्टार्टअप, विश्वविद्यालय तथा अनुसन्धान निकायहरूसँग मिलेर उसले रोबोट बनाउने काम थालेको छ । 

यस परियोजनाअन्तर्गत अत्याधुनिक रोबाटले कलर कोडिङमार्फत पैदलयात्रीलाई सडक पार गराउन सघाउनेछ । 

रोबोटलाई आईपीए२एक्स नाम दिइएको छ । कुल १.९८ मिटर अग्लो यो रोबोटले आइरहेको ट्राफिक पत्ता लगाउन र पार्क गरिएका कारहरूको पंक्तिलाई हेर्ने काम गर्नेछ । सडकमा स्थिति सामान्य भएमा पैदलयात्रीहरूलाई क्रसवाकमार्फत सडक पार गर्न यसले संकेत दिनेछ । 

पैदलयात्रीहरूसँग जेब्रामा गुडेर यसले चारैतिर निगरानी गर्नेछ । रोबोटको टाउकोमा सेन्सर जडान गरिएको छ । त्यसबाट यसले टाढाबाट आएका वाहनको आवागमनमाथि नजर राख्नेछ ।

रोबोटले पैदलयात्री तथा कार दुवैलाई चेतावनी दिन्छ । वाहनचालकहरूलाई यसले स्टपको संकेत देखाउँछ भो पैदलयात्रीहरूलाई हरियो संकेतका साथ सडक पार गर्न निर्देशन दिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्