२८ असार २०८३, आइतबार

संसारको सबभन्दा खुशी मुलुकहरूको सूची जारी, नेपाल ७८औं स्थानमा

चैत ६, २०७९
संसारको सबभन्दा खुशी मुलुकहरूको सूची जारी, नेपाल ७८औं स्थानमा

फिनल्यान्ड संसारको सबभन्दा खुशी मुलुकको सूचीमा लगातार छैटौंपटक पहिलो स्थानमा परेको छ । 

एक दशकभन्दा बढी अवधिदेखि प्रकाशित गर्दै आइएको यस सूचीमा अभूतपूर्व उपलब्धि हासिल गर्न फिनल्यान्ड सफल भएको हो ।

संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले सोमवार सार्वजपनक गरेको विश्व खुशी प्रतिवेदनमा फिनल्यान्डले अरू मुलुकहरूभन्दा निकै धेरै अंक ल्याएको उल्लेख छ । दोस्रो स्थानमा डेनमार्क र तेस्रोमा आइसल्यान्ड छन् । 

नेपाल ७८औं स्थानमा छ । त्यस्तै चीन ६४ र भारत १२५औं स्थानमा छन् । 

सबभन्दा पुछारमा लेबनन र अफगानिस्तान छन् । 

‘आय, स्वास्थ्य, भरपर्दो मानिसको साथ, जीवनको निर्णय लिनका लागि स्वतन्त्रता, उदारता तथा भ्रष्टाचारको अभावले मानिसको खुशियालीमा बलियो भूमिका खेल्छन्,’ प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सन् २०२० देखि २०२२ सम्म तीन वर्षको अवधिलाई यस प्रतिवेदनले समेटेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्