×

Nic Asia
Dabur
Prabhu Bank

‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज बजारमा आउँदै

चैत ६, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अटोमोबाइल पार्टस् क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा ल्याउने भएको छ ।

yONNEX
Frooti
Appy

यी २ समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

नयाँ वर्ष २०८० पश्चात वैशाख महिनादेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र भन्छन्, ‘सबै संरचना निर्माणको कार्य पूरा भइसकेको छ । वैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ । हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौं ।’


Advertisment
Lokantar App
Saurya island

युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहने र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने मिश्रले बताए । दैनिक रूपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । फिनिस्ड गूड राख्नका लागि २० हजार वर्गफिट क्षमताका २ वटा स्टोर रहने छन् । 

JYOTI
Vianet communication

बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनभन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दाबी छ । ‘अन्तर्राष्ट्रिय रूपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिह्न पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन्,’ उनले भने ।

उद्योग स्थापनाका लागि करीब ५० करोड रुपैयाँ लागत लाग्नेछ । एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफ भन्छन्, ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका छौं ।’ बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेको उनको भनाइ छ । 

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैंले उत्पादन गर्ने सर्राफले बताए । बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ । 

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करीब ५० जनाले रोजगारी पाउने छन् । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ११, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो नेपालीको प्रतिकिलो ५० र गोलभेडा ठुलो लोकलको प्रतिकिलो अधिकतम मूल्य ३६ रुपैयाँ रहेक...

जेठ १६, २०८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो भारतीयको अधिकतम मूल्य ६० रुपैयाँ र गोलभेडा सानो टनेलको ४० रुपैयाँ रह...

जेठ १५, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेडा डूलो भारतीयको ६० रुपैयाँ निर्धारण ग...

जेठ १२, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र भारतीय सानो गोलभेडाको प्र...

जेठ २१, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ३० रुपैयाँ, गोलभेडा ठूलो भारतीयको ४० रुपैयाँ त...

जेठ १३, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ, आलु रातोको ४२ रुपैयाँ, आलु स...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x