३१ जेठ २०८३, आइतबार

राहदानी विभागले आज घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

राहदानी विभागले आज घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

राहदानी विभागले मंगलवार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राका अवसरमा मंगलवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ । 

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलवार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । उनले भने, ‘मंगलवारका लागि ८०० जनाले राहदानीका लागि फर्म भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौं ।’

विभागले मंगलवार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचना समेत सार्वजनिक गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्