०५ असार २०८३, शुक्रबार

पसलमा अनिवार्य मूल्यसूची राख्न तुलसीपुर उपमहानगरको आग्रह

पसलमा अनिवार्य मूल्यसूची राख्न तुलसीपुर उपमहानगरको आग्रह

दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन ।

पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिए ।

उनले भने, ‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौं । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।’

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताए । उपभोक्ताले मूल्यसूचीबारे जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ ।

अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताए । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने बताए ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिए । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्