१७ असार २०८३, बुधबार

जापानका प्रधानमन्त्री किशिदा युक्रेन जाँदै

चैत ७, २०७९
जापानका प्रधानमन्त्री किशिदा युक्रेन जाँदै

जापानका प्रधानमन्त्री फुमिओ किशिदा अनपेक्षित रूपमा मंगलवार युक्रेन पुग्न लागेका छन् । 

चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गरेकै छेकोमा किशिदा युक्रेन पुग्न लागेका हुन् ।

भ्रमणका क्रममा किशिदाले युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीसँग भेटघाट गर्नेछन् । युक्रेनप्रति एक्यबद्धता तथा अविरल समर्थन व्यक्त गर्नका लागि किशिदा त्यहाँ जान लागेको जापानको परराष्ट्र मन्त्रालयले खबर दिएको छ । 

जी७ मुलुकहरूका प्रमुखले किएभ भ्रमण गरिसकेका छन् र किशिदालाई पनि त्यसका लागि दबाब परिरहेको थियो । यही मे महिनामा जापानले जी७ शिखर सम्मेलनको आयोजना गर्दैछ । 

किशिदा सोमवार भारतमा थिए र उनी त्यहीँबाट टोक्यो फर्किने अपेक्षा थियो । तर भारतबाट उनी पोल्यान्डतर्फ उडे अनि त्यहाँबाट ट्रेन चढेर युक्रेन गए । 

किशिदा बुधवार पोल्यान्ड फर्किने अपेक्षा छ । बिहीवार उनी टोक्यो पुग्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्