१८ असार २०८३, बिहीबार

राष्ट्रपति पौडेलले पशुपतिनाथको वनकाली क्षेत्रमा गरे वृक्षरोपण

राष्ट्रपति पौडेलले पशुपतिनाथको वनकाली क्षेत्रमा गरे वृक्षरोपण

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान पशुपतिनाथस्थित वनकाली क्षेत्रमा वृक्षरोपण गरेका छन्। 

त्यहाँ उनले नागचम्पा फूलको वृक्ष रोपेका थिए। ​

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो ।

नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलले उक्त फूलको बिरुवा रोपेका हुन्। 

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुशी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ ।

गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए ।

null

null

salt training

कमेन्ट गर्नुहोस्