०९ साउन २०८३, शनिबार
प्रहरीका ८ एआईजीको सरुवा

एआईजी सरुवा : सीआईबीमा चतुर्वेदी, काठमाडौं उपत्यकामा राठौर

असार १८, २०८३
काठमाडौं
एआईजी सरुवा : सीआईबीमा चतुर्वेदी, काठमाडौं उपत्यकामा राठौर

मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले बिहीबार एआईजीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपराध अनुसधान विभागका एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ ।

उपत्यकामा रहेका एआईजी ईश्वर कार्कीलाई भने मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा प्रसाद चर्तुवेदीलाई पठाइएको छ । सीआईबीका डा. मनोज केसीलाई भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठनमा सरुवा गरिएको छ । प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ ।

प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ भने प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्