१० असार २०८३, बुधबार

सांसद देवकोटाको आरोप- त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन

सांसद देवकोटाको आरोप- त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन
फाइल तस्वीर

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन्। 

बुधबार राष्ट्रिय सभाको बैठकमा उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारका लागि शुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्तालगायत समाचारहरू विवरणहरू आए पनि सरकार गम्भीर नबनेको बताए। 

शिक्षाको ८०-८५ विद्यार्थी अध्ययनरत विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे।

उनले त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग माग गरे। 

सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गरे।

उनले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०-४० वटा डोजरहरू जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। 

salt training

कमेन्ट गर्नुहोस्