२९ जेठ २०८३, शुक्रबार

नयाँदिल्लीबाट मन्त्री शर्माले भनिन्- नेपाल डिजिटल युगतर्फ बढिरहेको छ

नयाँदिल्लीबाट मन्त्री शर्माले भनिन्- नेपाल डिजिटल युगतर्फ बढिरहेको छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छन्। 

भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आईटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन्। ​

सीमित क्षमताका कारण डिजिटल फ्रेमवर्क कार्यान्वयनलाई गति दिन समस्या भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, 'मलाई विश्वास छ, आईटीयूको क्षेत्रीय कार्यालय स्थापनाले नेपालको क्षमतामा देखिएको ‘ग्याप’ कम गर्न सहयोग गर्नेछ ।'

क्षेत्रीय कार्यालय स्थापना भएसँगै सदस्य राष्ट्रमाझ तथा सहयोग आदानप्रदानमा मद्दत पुग्ने मन्त्री शर्माको विश्वास थियो ।

उनले दक्षिण एशियामा आईटीयुबाट प्राविधिक सहयोग, सूचना र सञ्चार प्रविधिमा नीति निर्देशनहरू कार्यान्वयन गर्न क्षेत्रीय डिजिटल संलग्नताबाट पनि फाइदा लिन सकिने विश्वास व्यक्त गरिन्। 

मन्त्री शर्माले भनिन्, 'द्विपक्षीय र बहुपक्षीय छलफल र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्न आईटीयुका सदस्य राष्ट्रहरूबीचको भविष्यमा सहयोगका लागि आधार बन्नेछ, यस फोरमले कम विकसित देशहरू (एलडीसीएस), साना टापु विकासशील देशहरु (एसआईडीएस) लगायत भूपरिवेष्ठित विकासशील देशहरूका दूरसञ्चार र आईसीटीका आवश्यकता पूरा गर्न प्राथमिकता दिनेछ ।' 

सन् २०१८ मा दुबईमा भएको ‘आईटीयूपीपी’ सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय कार्यालयको परिकल्पना गरेको स्मरण गर्दै मन्त्री शर्माले नयाँ कार्यालयको स्थापनाले क्षेत्रीय उपस्थितिको अपर्याप्ततालाई पूरा गर्ने विश्वास व्यक्त गरिन्।

दिगो विकासका लागि विकसित प्रविधि प्रयोग गर्दैै कार्यक्रम र परियोजना सञ्चालन गर्न र आइटीयु सदस्य राष्ट्रहरूलाई नजिक ल्याउन मद्दत गर्ने उनको भनाइ छ ।

नयाँदिल्लीमा आईटीयूको क्षेत्रीय कार्यालयको स्थापनाले आईटीयू विशेषज्ञता भएका सदस्य राष्ट्रको क्षमता निर्माणका लागि कोशेढुंगा सावित हुने बताउँदै मन्त्री शर्माले विद्यमान डिजिटल विभाजनलाई कम गर्ने विश्वास व्यक्त गरिन्। 

आईटीयूले प्राविधिक सहयोगलाई मात्र सुदृढ नगरी क्षेत्रीय दूरसञ्चार विकासलाई पनि बढावा दिने र त्यसबाहेक, डिजिटल रूपान्तरणलाई पनि गति दिने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्