
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
युरो १ को खरिद दर १४२ रुपैयाँ २३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९२ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४० पैसा र बिक्री दर ८८ रुपैयाँ ८० पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
