२५ जेठ २०८३, सोमबार

फरार सूचीमा रहेका अमृतपालले ‘सन्त’ भेषमा महिलासँग अश्लील हर्कत गरेको खुलासा

चैत ९, २०७९
फरार सूचीमा रहेका अमृतपालले ‘सन्त’ भेषमा महिलासँग अश्लील हर्कत गरेको खुलासा

भारतको पञ्जाब प्रहरीको फरार सूचीमा रहेका ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहले सिख धर्मको ‘सन्त’को भेषमा महिलामाथि अश्लील हर्कत गर्ने गरेको खुलासा भएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार महिलासँग अश्लील हर्कत गरेर उनले ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको छ । उनले सामाजिक सञ्जालमा च्याट गर्दै अश्लील हर्कत गर्ने गरेका छन् ।

महिलाहरूलाई प्रेममा फसाएर उनले आफ्नो शिकार बनाउने गरेका छन् । उनले पञ्जाबलाई खालिस्तान बनाएर क्रान्ति सफल पार्न बताउँदै आएका छन् ।

पञ्जाब प्रहरीले उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाएपछि उनी फरार छन् । प्रहरीले उनका कतिपय सहयोगीलाई पक्राउ गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्