जेठ ९, २०८०
नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।...
विद्यार्थी संख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइँ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी संख्या घटिरहेको छ तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी संख्या बढाइरहेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो । विक्रम संवत् २००३ सालमा यस क्षेत्रका सामाजिक अगुवा जयनारायण रिजालले मार्गदेवी आधारभूत विद्यालयका नाममा स्थापना गरेको यो विद्यालयले २००५ सालमा आधार शिक्षा ग्वोश्वाराबाट सञ्चालन अनुमति पाएको थियो । एक समय पाँचथरसहित इलाम, ताप्लेजुङ र पूर्वी तेह्रथुमका विद्यार्थीले अध्ययन गरेको यो विद्यालयले हाल आधारभूत तहलाई अंग्रेजी माध्यममा सञ्चालन गर्नुका साथै १८ महिने सिभिल सबओभरसियर कक्षा सञ्चालन गरी विद्यार्थीलाई आकर्षित गरिरहेको छ ।
विद्यालयमा हाल ४५९ विद्यार्थी अध्ययनरत छन् । नजिकै अन्य विद्यालय रहेका कारण यो संख्या बढी नै हो । विद्यार्थी संख्या कम हुँदै जाने र अभिभावकको माग अंग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले २ पूर्व प्राथमिक कक्षा समेत सञ्चालन गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए ।
विद्यालयले ५ कक्षासम्मको अध्यापनलाई पूर्ण अंग्रेजी माध्यम बनाएको छ । ८ कक्षासम्म पूर्ण अंग्रेजी माध्यम बनाउन खोजिए पनि नजिकैका आधारभूत विद्यालयमा ५ कक्षा पूरा गरी ६ कक्षामा नयाँ विद्यार्थी आउने हुनाले ६, ७ र ८ कक्षामा गणित, विज्ञान र स्वास्थ्य विषय अंग्रेजी माध्यममा पठनपाठन भइरहेको आचार्यले बताए ।
आधारभूत तहलाई अंग्रेजी माध्यममा सञ्चालन गर्न थालिएपछि विद्यार्थीको संख्या बढ्दै गएको आचार्यको भनाइ छ । भारत र भुटानबाट बोलाइएका शिक्षकले अंग्रेजी प्रभावकारी अध्यापन गराउने अभिभावकको भनाइपछि विद्यालयले २ विदेशी शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखेको छ । ‘अहिले अभिभावकको चासो बढ्न थालेको छ । विद्यार्थी संख्या बढ्दै गएको छ,’ प्रधानाध्यापक आचार्यले भने ।
विद्यालयमा २०६९ सालदेखि सिभिल सबओभरसियरको कक्षा सञ्चालन भइरहेको छ । ४० जनाको कोटा रहेको प्राविधिक धारमा ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन् । यद्यपि कोटाअनुसार कुनै पनि वर्ष विद्यार्थी भर्ना भएका छैनन् ।
‘अहिलेसम्म करीब २०० विद्यार्थीले प्राविधिक शिक्षा पाइसके । सबैजना रोजगार बनेको भेट्टाएका छौं,’ प्रअ आचार्यले भने, ‘तर कुनै पनि वर्ष पूरै कोटामा अध्ययन भएको छैन ।’
जिल्लाको पुरानो विद्यालयले भौतिक संरचना, पूर्वाधार र स्रोतसाधन अभाव झेलिरहेको छ । भवन प्रशस्त भए पनि पुराना भइसकेका छन् । अतिरिक्त क्रियाकलाप गर्न ठाउँ अभाव छ । डेस्क र बेञ्च पुराना भइसकेका छन् । सिभिल सब ओभरसियरको प्रयोगशाला निर्माण हुन सकेको छैन । पुस्तकालय पनि विद्यालयले व्यवस्थित गर्न सकेको छैन भने विद्यालयको घेराबार गर्नुपर्ने आवश्यकता खड्किएको प्रअ आचार्यको भनाइ छ ।
विद्यार्थी संख्या प्रशस्तै रहेको विद्यालयमा खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन सकेको छैन । विक्रम संवत् २०६० सालमा नमूना बनेको यो विद्यालय अहिले सोही सुविधाबाट वञ्चित छ । नमूना विद्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा अनुदानबाट वञ्चित हुनु परेको आचार्यले बताए । १९ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको थप ३२ रोपनी पाखोबारी समेत छ ।
विद्यालयका शिक्षक दुर्गाप्रसाद रिजालका अनुसार ऐतिहासिक विद्यालयको स्थापना र सञ्चालनमा शिक्षासेवी जयनारायण रिजाल र उनका छोरा राजनीतिकर्मी तेजप्रकाश रिजालको भूमिका महत्त्वपूर्ण छ । जयनारायणको गोठमा मार्गदेवी स्कूलका नामले पठनपाठन शुरू भएको विद्यालयले २००५ सालमा अनुमति पाएको थियो । सोही वर्ष जयनारायणको निधन भयो । त्यसपछि उनका छोरा तेजप्रकाशले विद्यालय सञ्चालनको अगुवाइ गरे ।
विक्रम संवत् २००६ सालमा निर्माण थालेर २००८ सालमा भवन निर्माण सम्पन्न गरिएको थियो । पुरानो भव्य भवन सशस्त्र द्वन्द्वको समयमा २०६१ फागुन २४ गते आगजनीबाट क्षतिग्रस्त भयो । सबै पुराना सामग्री आगजनीबाट नष्ट भए ।
मार्गदेवी आधार स्कूल जयनारायण रिजालको योगदानको कदर गर्दै जयनारायण आदर्श माध्यमिक विद्यालय बनाइएको हो । विक्रम संवत् २०१८ सालमा विद्यालयले माध्यमिक तह सञ्चालनको अनुमति पाएको थियो । रिजाल परिवारकै अम्बिकाप्रसाद रिजाल स्थापना कालदेखि २०१८ सालसम्म प्रधानाध्यापक रहेका थिए भने विद्यालय स्थापना हुँदा १२२ विद्यार्थी रहेको विद्यालयको स्मारिकामा उल्लेख छ ।
विद्यालयको उन्नयनमा रिजाल परिवारको योगदान छ । विद्यालय स्थापनापछि २०१८ सालसम्म अम्बिकाप्रसाद रिजाल प्रअ रहे । संस्थापक जयनारायणकै छोरा दुर्गाप्रसाद २०२६ सालदेखि २०४५ सालसम्म प्रअ रहे । संस्थापक प्रअ अम्बिकाप्रसादका छोरा कमलप्रसाद २०५२ देखि २०५६ सालसम्म प्रअ भए । रिजाल परिवारकै भवानीशंकर २०४५ सालदेखि २०४९ सालसम्म तथा इन्द्रप्रसाद २०४९ देखि २०५२ र २०५८ देखि २०६६ सालसम्म प्रअ रहे । रिजाल परिवारभन्दा बाहिरबाट कमलबहादुर पराजुली, विनोदकुमार अधिकारी र हालका प्रअ आचार्य मात्रै यहाँको शैक्षिक गतिविधिको नेतृत्वमा आएका पाइन्छ । – रवीन्द्र काफ्ले/रासस
नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।...
शिक्षाकर्मीले स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), ...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि आज विभिन्न सामुदायिक विद्यालयमा पुगेका छन्। कामपाले गत वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा स...
सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै विषय पढेकालाई शिक्षण अनु...
गरीब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेम...
कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमवार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...