जेठ २४, २०८०
स्पाउज क्लब अफ नारायणगढ रोटरीले रत्ननगर–११ मंगलपुरमा अवस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका ५० जना विद्यार्थीलाई स्कूल ब्याग र आवश्यक स्टेसनरी वितरण गरेको छ । रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहा...
नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोट गाउँपालिका सल्यानको गाउँ परिषद शनिबार सम्पन्न भएको छ ।
सांगठनिक अवस्थाको समीक्षा, गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भूमिकालगायत विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्दै गाउँपरिषद सम्पन्न भएको उक्त संगठनले जनाएको छ ।
चैत्र २० गतेसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णयसहित नेपाल राष्ट्रिय शिक्षक संगठनमा नवप्रवेशीलाई स्वागत र स्थायी रूपमा शिक्षक सेवामा प्रवेश गर्ने संगठनमा आबद्ध शिक्षकलाई सम्मान गरिएको संगठनका कपुरकोट गाउँपालिका अध्यक्ष डिल बहादुर नेपालीले बताए ।
कार्यक्रममा नेकपा एमाले सल्यानका उपाध्यक्ष भीम बहादुर सेनले शिक्षक समाजको बौद्धिक र परिवर्तनको संवाहक भएको उल्लेख गर्दै परिवर्तनकारी शिक्षकहरू नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध रहेको बताए ।
यस संगठनको इतिहास गौरवपूर्ण रहेको बताउँदै उनले शिक्षकहरूको हकहितसँगै गुणस्तरीय शिक्षा दिन र समाजका विकृति एवम् अनियमितताविरुद्ध खरो रूपमा उत्रनुपर्ने बताए ।
कार्यक्रममा एमाले सल्यानका सचिवालय सदस्य घनश्याम शर्मा, संगठनका जिल्ला सचिव लोक बहादुर बुढा, एमाले कपुरकोटका अध्यक्ष द्रोण बहादुर केसी, सचिव मित्रलाल कठायत लगाएतले मन्तव्य राखेका थिए।
स्पाउज क्लब अफ नारायणगढ रोटरीले रत्ननगर–११ मंगलपुरमा अवस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका ५० जना विद्यार्थीलाई स्कूल ब्याग र आवश्यक स्टेसनरी वितरण गरेको छ । रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहा...
प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकहरू हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला–बेला नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसद्को सम्बन्धमा पढ्नुपर्छ । पढेको कुर...
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी &nb...
केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले १ हप्ताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगर प्रमुख दिनश अधिका...
अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमवारदेखि ५ दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमवारदेखि १ र ५ नम्बर वडाका सबै विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि अत्यधिक गर्म...
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्य...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...