०९ असार २०८३, मंगलबार

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

चैत १२, २०७९
डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । 

तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मध्य पूर्वी तटमा डुङ्गा डुबेपछि विभिन्न अफ्रिकी देशका ११ जना कागजातबिहीन आप्रवासीको उद्धार गरिएको छ ।

यसअघि उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका थिए । 

पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेका डुङ्गा दुर्घटना भएको उक्त पाँचौं घटना थियो । ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

संयुक्त राष्ट्र सङ्घको पछिल्लो तथ्याङ्क अनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो सङ्ख्या एक हजार ३०० मात्र रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्