१० असार २०८३, बुधबार

मापदण्ड पुरा नगर्ने स्कुल बसका १४ जना चालक कारबाहीमा

मापदण्ड पुरा नगर्ने स्कुल बसका १४ जना चालक कारबाहीमा

काठमाडौं उपत्यकामा आइतबार बिहान गरिएको विशेष चेकिङका क्रममा १४ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङघन गर्ने १४ ओटा स्कुल बसका चालक कारबाहीमा परेका हुन् ।

स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ । 
यो संगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलंघन गर्ने २८२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्