
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ ।
बलात्कार अभियोगमा उनीविरुद्धको मुद्दा घिमिरेको इजलासमा पेशी तोकिएको हो । उनको पालो १६ औं नम्बरमा छ ।
लामो समयदेखि चलिरहेको मुद्दा अन्तिम सुनुवाइका लागि पेशी चढेको हो ।
लामिछानेलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो । उनी उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।