३१ असार २०८३, बुधबार

आयरल्याण्डविरुद्ध बंगलादेशको सहज जीत

आयरल्याण्डविरुद्ध बंगलादेशको सहज जीत

आयरल्याण्डविरुद्धको पहिलो टी २० खेलमा बंगलादेशले सहज जीत हात पारेको छ ।

२०८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले वर्षाले खेल रोकिनु अगाडि ८ ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाएपछि डिएलस मेथडमा बंगलादेशले २२ रनको जीत पक्का गरेको हो । 

आयरल्याण्डलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा बंगलादेशका लागि रोनी तालुकदारले ६७, लिटन दासले ४७, समिम हुसेनले ३० रन बनाए । ​

आयरल्याण्डको लागि गारेज डेल्यानीको नटआउट २१ रन नै उच्च रह्यो । 

तस्किन अहमदले २ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड धराशयी हुन पुग्यो । अब दुई टिमले दुईवटा टी २० खेल्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्