१० असार २०८३, बुधबार

वडाध्यक्षलाई पढ्ने भोक जागेपछि...

वडाध्यक्षलाई पढ्ने भोक जागेपछि...

पढ्नलाई उमेरले छेक्दैन भनेजस्तै बाँके खजुरा गाउँपालिका–५ का वडाध्यक्ष ४४ वर्षीय गरिब शेष कक्षा ८ को परीक्षामा सहभागी भएका छन् । गोरखापत्रका अनुसार वडाध्यक्ष रोषले खजुराको आदर्श माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित शेषले पढाइका लागि उमेर कहिले पनि बाधक नहुने बताए ।

आफूले अहिले ४४ वर्षको उमेरमा आएर कक्षामा अध्ययन गरिरहेको बताए । उनले सानो उमेरमा घरायसीलगायत कारण कक्षा ७ सम्म मात्रै अध्ययन गर्न पाएको बताए ।
वडाध्यक्षमा निर्वाचित भएपछि शिक्षाको महत्त्व बुझेर पढाइलाई निरन्तरता दिन लागेको भनाइ उनको छ । 

salt training

कमेन्ट गर्नुहोस्