११ असार २०८३, बिहीबार

सञ्चारमाध्यमको समस्या सम्बोधन गर्न मधेश प्रदेश सरकारसँग माग

सञ्चारमाध्यमको समस्या सम्बोधन गर्न मधेश प्रदेश सरकारसँग माग

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक संघ र टेलिभिजन प्रसारक संघले मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

मधेश प्रदेश सरकारका सञ्चारसम्बद्ध निकायलाई पूर्णरूपमा स्वायत र अधिकारसम्पन्न बनाउनुपर्ने, विपद्बाट आइपर्ने समस्यासँग जुध्न प्रदेश सरकारले सञ्चारमाध्यमका लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्नुपर्ने लगायतका मागसहित संयुक्तरूपमा प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री र गृह तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
 
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेशका अध्यक्ष मनोज यादव र टेलिभिजन प्रसारक संघ मधेश प्रदेशका अध्यक्ष विष्णु कुँवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गत वर्ष लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेका सञ्चारमाध्यमको बक्यौता रकमको भुक्तानी अविलम्ब उपलब्ध गराउन माग गरिएको छ । 

प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री सञ्जयकुमार यादव र गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहलाई बुझाइएको ज्ञापनपत्रमा लोक कल्याणकारी विज्ञापनलाई हरेक वर्ष निरन्तरता दिनुपर्ने, हरेक आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै प्रकाशन तथा प्रसारणको हुने गरी व्यवस्था मिलाउनुपर्ने र सोको भुक्तानी सोही महिनाको मसान्तमा हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्