
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध नाराबाजी गर्ने ३ जना रिहा भएका छन्।
गत चैत ७ गते प्रधानमन्त्रीविरुद्ध नारा लगाएको आरोपमा उनीहरू पक्राउ परेका थिए।
उनीहरू जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर आज मंगलबार रिहा भएका हुन्।
सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
७ चैतमा काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जनाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।