०६ असार २०८३, शनिबार

नापी कार्यालय मनमैजुबाट घुससहित सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

नापी कार्यालय मनमैजुबाट घुससहित सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित २ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको नापी कार्यालय मनमैजुमा सेवाग्राहीबाट लेखापढी व्यवसायीमार्फत घुस रकम लिइरहेको अवस्थामा नापी सर्वेक्षकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरिएको हो।

अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट गर्नुहोस्