
भारतको पञ्जाबमा खालिस्तान समर्थक तथा ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाललाई पक्राउ गर्न प्रहरी सक्रिय भएको छ ।
उनी पञ्जाबमै लुकेको हुनसक्ने आशंका गरिएको छ । यसअघि प्रहरीले उनलाई पक्राउ गर्न देशभित्र र सीमावर्ती क्षेत्रमा सक्रियता जनाएको थियो ।
होशियारपुर क्षेत्रमा उनी प्रहरीलाई झुक्याएर भागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीसँगै उनका साथी पप्पलप्रीत पनि रहेका थिए । प्रहरीले मनाइया गाउँमा ‘सर्च अपरेसन’ चलाएको छ ।