×

NMB BANK
NIC ASIA

देउडा अभिनयमा जम्दै ‘झरना’

चैत १५, २०७९

NTC
Premier Steels

पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो ।

Muktinath Bank

सानैदेखि देउडा गुनगुनाउने उनी पछि अभिनयमा लागिन् । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दै आएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग ९ वटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । 


Advertisment
Nabil box
Kumari

‘प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु,’ बोहराले भनिन्, ‘पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।’

Vianet communication

सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले ३०० भन्दा बढीमा अभिनय गरिसकेकी छन् । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत बोलाउने गरेका छन् । 

‘सानैदेखि विद्यालयमा हुने हरेक कार्यक्रममा नृत्यका लागि अग्रसर नै हुन्थें,’ उनले भनिन्, ‘पारिवारिक साथ सहयोगले नै कलाकारिता क्षेत्रमा अवसरको खोजी गर्दै हिँड्ने मौका पाएँ ।’

हाल स्नातक तहमा अध्ययनरत बोहराले कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटमा बस्दै आएकी छन् । उनले अभिनय क्षेत्रमा लाग्ने प्रेरणा काका शेरबहादुर बोहराबाट पाएकी हुन् । ‘उनले नै अभिनयका लागि काठमाडौं पठाउनुभयो,’ उनले विगत सुनाइन् । पारिवारिक अवस्था सामान्य भएकी बोहरा अहिले अभिनय र स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट नै खर्च टरेको बताउँछिन् ।

‘कलाकारितामा सुदूरपश्चिमका महिला न्यून छन्, यसमा लाग्नेप्रतिको दृष्टिकोण पनि ठीक छैन,’ बोहराले भनिन्, ‘अग्रज कलाकार एवं सृष्टाको अभिभाकत्वले यसका निरन्तरता दिएकी छु ।’

आफ्नो रहनसहन, कला, संस्कृति, रीतिरिवाज र वेषभूषा सहितको देउडा गीतमा अभियन गर्न सहज भएको बोहराको भनाइ छ । उनले भनिन्, ‘सिक्न कुनै पाठशालामा गएकी छैन, आफ्नै प्रयासले अभिनय क्षेत्रमा छु ।’ अभिनय गर्न बोहरालाई सुदूर र कर्णाली प्रदेशमा हुने मेला–महोत्सवमा राम्रै पारिश्रमिक दिएर  बोलाउने गरिएको छ ।

सुदूरका सबै जिल्लाका साथै कर्णाली प्रदेश र भारतका विभिन्न सहरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सहभागी भएको बोहरा बताउँछिन् । सुदूरपश्चिमेली रोजगारीका लागि जता गए पनि आफ्नो कला, संस्कृतिप्रति धेरै लगाव रहेको आफूले पाएको उनको भनाइ छ ।

‘रोजगारीका लागि भारत पस्नेहरू देउडा सहितको म्युजिक भिडियो बनाउन निकै तल्लीन भएका पाए,’ उनले भनिन्, ‘म स्टाफ नर्स बन्न चाहन्थें तर अभिनयमै रमाएँ ।’

सामाजिक सञ्जाल टिकटकमार्फत पनि उनले डोटेली भाषामा साहित्यिक प्रस्तुति समेत राख्दै आएकी छन् ।

बोहराका ‘सुवा क्या न रिस्सी’, इजु बोलका देउडा गीतको अभिनय धेरैले मन पराएका छन् । उनले भनिन्, ‘सुदूरपश्चिमको भाषामा अरुले पनि परिचय बनाए पनि टिकटकमा ‘अछामी’ भाषामा सुदूरपश्चिमको साहित्य पस्किने काम मैले नै गरेकी हुँ ।’ 

पछिल्लो समय सुदूरपश्चिममा पनि महिला मोडल तथा नृत्याङ्गनाले आफ्नो प्रतिभा देखाइरहेको देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) को भनाइ छ । ‘देउडाले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ,’ उनले भने । कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक धामीले भने, ‘पहिलाभन्दा हाल सुदूरपश्चिमको लोक देउडाको अभिनयमा नयाँ पुस्ता कस्सिएर लागेको छ ।’

१ दशकअघि सुदूरपश्चिमको कलाकारिता क्षेत्रमा महिलालाई लाग्न निकै सकस थियो । ‘पहिला प्रतिभा खोज्नुपथ्र्यो, अहिले युवापुस्ता आफै आउने गरेको छ,’ गायक धामी भन्छन् । – शेरबहादुर सिंह/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x