
मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधवार बिहान मोटरसाइकलको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ ।
फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा२५प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौंडा अस्पतालमा राखिएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।