२८ जेठ २०८३, बिहीबार

प्रेम कहिल्यै मर्दैन, यी कंकालहरूले प्रमाणित गर्छन् यो भनाई

कात्तिक २०, २०७४
प्रेम कहिल्यै मर्दैन, यी कंकालहरूले प्रमाणित गर्छन् यो भनाई
 
काठमाडौं — प्रेम गर्नु पाप हो भन्ने रुढिवादी चिन्तन अझै छ हाम्रो समाजमा । प्रेमजोडीलाई दुत्कार्ने हाम्रो समाजको चरित्र नै हो । इतिहासमा प्रेमी जोडीमाथि गरेका अत्याचार मुटु कँपाउने खालका छन् ।

Lovers of Valdaro
प्राचीन समाज प्रेमको विषयमा क्रूर थियो । प्रेमी जोडालाई जिउँदै जमिनमा गाडिन्थ्यो वा जिउँदै जलाइन्थ्यो वा पर्खालमा थुनिन्थ्यो ।

यस्तै दुखिया एक जोडी इटालीमा गाडिएका छन् । लभर्स अफ भाल्डारो नामक पर्यटकीय क्षेत्रमा यी जोडीको कंकाल छ । सन् २००७ मा इटालीको मंटुआमा उत्खनन गर्दा यो कंकाल भेटिएको थियो । यो करीब ६ हजार वर्ष पुरानो हो ।

यी कंकालहरू आखिरी समयमा एक अर्कालाई आलिंगन गरेर आफ्नो प्रेमलाई अमर बनाउन चाहन्थे शायद । यत्तिका वर्षसम्म उनीहरू आलिंगनबद्ध छन् । उनीहरूको प्रेम यति शाश्वत थियो कि प्रकृति र समय पनि उनीहरूको बीचमा आउन सकेन शायद ।


यिनीहरू कसरी मरे भन्ने रहस्य चाहिँ खुलेको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्