१८ असार २०८३, बिहीबार

विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ

विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । 

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे।

विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले विपी राजमार्गको माम्दी पुलबाट तेमाल गाउँपालिकाको मेच्छेपौवास्थित म्हानेगाङसम्मको मोटरबाटोको जिम्मा सरकारको तर्फबाट आफूले लिने बाचा गरे ।

प्राप्त राजनीतिक उपलब्धिलाई कुनै पनि कोणबाट गुम्न नदिई अझ बलियो बनाउने काममा लाग्न आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले प्राप्त उपलब्धिलाई कमजोर पार्न खोज्ने प्रवृत्ति र असंवैधानिक क्रियाकलापविरुद्ध खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले जनताको अपेक्षा रहेको शिक्षा, स्वास्थ्य, बाटो कृषि र रोजगारलाई अभियानकै रूपमा अगाडि बढाउने काममा आफू प्रतिबद्ध रहेको बताए। 


 

salt training

कमेन्ट गर्नुहोस्