१० असार २०८३, बुधबार

तुलसीपुरमा ६ किलोमिटर सडक कालोपत्र

तुलसीपुरमा ६ किलोमिटर सडक कालोपत्र
प्रतिकात्मक तस्वीर

दाङको तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ ।

४९० मिटर सडक कालोपत्र भएको हो । सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको ४८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको ३६० मिटर सडक कालोपत्र भएको छ ।

तुलसीपुर–६ प्रगतिनगर टोलको ३६० मिटर सडक कालोपत्र भएको छ भने तुलसीपुर–५ को भुह्यार थानबाट पूर्वतर्फ गएको सडक १९० मिटर सडक कालोपत्र भएको छ ।

तुलसीपुर–८ अस्वाराबाट हरियाली उद्यान जाने १५० मिटर सडक कालोपत्र भएको छ ।

गाउँगाउँमा यस्तै थुप्रै सडक कालोपत्र भएका छन् । चालू वर्षमा ४५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार ५ करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनीयर पवनकुमार योगीले बताए । विकास प्राधिकरणमार्फत ती सडक कालोपत्र गरिएको हो । 

‘सबै वडामा कालोपत्र सडक पुर्‍याउनका लागि विकास प्राधिकरणमार्फत काम भइरहेको छ,’ उनले भने, ‘सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।’

चालू वर्षको हालसम्म ६ किलोमिटर सडक कालोपत्र भइसकेको छ । विभिन्न २६ सडक कालोपत्रको काम भइरहेको उनले बताए । सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारका लागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले बताए ।

उनका अनुसार सडक गुण्स्तरीयतामा पनि उत्तिकै ध्यान दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्