२५ जेठ २०८३, सोमबार

उत्तर कोरियाले भन्यो–जापानको आकाशमा मिसाइल आक्रमण सैन्य कारवाहीको पहिलो कदम

कात्तिक २०, २०७४
उत्तर कोरियाले भन्यो–जापानको आकाशमा मिसाइल आक्रमण सैन्य कारवाहीको पहिलो कदम
काठमाडौं, १४ भदौ– उत्तर कोरियाले जापानको आकाशमा मिसाइल आक्रमणलाई प्रशान्त क्षेत्रमा सैन्य कारवाहीको ‘पहिलो कदम’ भनेको छ । 

उत्तर कोरियाली कारवाहीलाई भविष्यमा हुने अन्य कारवाहीको संकेतको रुपमा हेरिएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम पनि प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममाथि लगातार धम्की दिइरहेको छ ।

मंगलबार उत्तर कोरियाली मिसाइल जापानी द्वीपमाथि बाट गएपछि समुन्द्रमा खसेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाको कारवाहीको एक सुरमा आलोचना भएको थियो ।

मंगलवार न्यूयोर्कमा सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल टेस्ट भड्काउनेवाला कारवाही बताएको थियो ।
तर सुरक्षा परिषदको भनाइमा उत्तर कोरियामाथि कुनै नयाँ प्रतिवन्धको कुनै व्यवस्था गरिएको छैन ।

उत्तर कोरियाले हालसालको महिनामा संयुक्त राष्ट्रसंघीय प्रतिवन्धका वावदूद बार–बार मिसाइल परिक्षण गरिएको थियो ।

यसै सिलसिलामा मंगलबार उत्तर कोरियाले प्योगयांग नजिकबाट अर्को परीक्षण गरेको छ ।
उत्तर कोरियाई मिसाइलले २७ हजार किलोमिटरको दूरी तय गरेको थियो र जापानको पूवी तटबाट ११८० किलोमिटर टाढा खसेको थियो ।

बीबीसीका अनुसार यो मिसाइल असामान्य रुपमा कम उचाइबाट खसेको थियो ।

उता जापानले आफ्नो द्वीपम सुरक्षा एलर्ट जारी गर्न परेको थियो । प्रधानमन्त्री सिन्जो आवेदे यसलाई अप्रत्याशित, महत्वपूण र गम्भीर चेनावानी भनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्